‘बोक्सीको घर’ लाई शुक्रबार दर्शकको साथ, मल्टिप्लेक्सले बढाए शो


शुक्रबार दर्शकको राम्रो साथ पाएको चलचित्र ‘बोक्सीको घर’ लाई शनिबार मल्टिप्लेक्सले शोज थपेका छन्। शुक्रबार ५६ शो पाएको चलचित्रलाई शनिबार ८० शो प्रदान गरिएको छ। नेपाली चलचित्रलाई उचित शो नदिएको चर्चा सधै चल्ने गरेको बीचमा बोक्सीको घरले राम्रो चलचित्र बन्दा र दर्शकको साथ मिल्दा शो बढ्ने भाष्य पुन स्थापित गरिदिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा आकर्षक शो पाएको ‘बोक्सीको घर’ शुक्रबार धेरै हलमा हाउसफूल भयो । ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भए । हाउसफुल नभएका हलमा पनि अकुपेन्सी राम्रो देखिएको छ। बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो ।

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ५, एफक्यूबले ७ , वान सिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूेल पनि उच्च शो प्रदान गरेका थिए ।

अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएको ‘बोक्सीको घर’ले शनिबार ३८ शो पाएको छ । यसमध्ये ललितपुरको लाबिम मलमा ९ शो, सिभिल मलमा ८ शो पाएको छ ।

यो चलचित्रले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ । क्यूएफएक्स आउटलेटमा यो चलचित्रलले ८० शोज पाएको छ भने शो बढ्ने क्रम रहेको छ । सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्