६ करोड माथीको कमाई गर्दै केकीको ‘बोक्सीको घर’ दोश्रो सातामा


अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ। ६ करोड माथी ग्रस कलेक्सन गर्दै चलचित्र सुपरहिट भैसकेको छ। प्रदर्शनको दोश्रो साता पनि दर्शकले चलचित्रलाई उल्लेख्य साथ दिईरहेका छन्।

बोक्सी कुप्रथा माथी आधारित भएर तयार भएको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ । बिशेष गरि चलचित्रको प्रस्तुती, केकी अधिकारी र बाल कलाकार सुपला सापकोटाको अभिनयले दर्शकको मन जितेको छ। बुधाबर सार्वजनिक आँकडामा चलचित्रले ५ करोड ४५ लाखको व्यापार गरेको थियो। प्रकाश सपुतको सृजना मा समिक्षा अधिकारीले गाएको ‘बुझिन मैले’ बोलको गीतले दर्शकको सर्वाधिक ध्यान खिच्न सफल भएको थियो।

यहि गीतले हलसम्म पुगेका दर्शक चलचित्र हेरेर उत्साहित हुँदै फर्कीरहेका छन्। वर्ड अफ माउथ आकर्षक रहेको चलचित्र लामै समय हलमा चल्ने पक्का रहेको छ। बद्रि अधिकारी निर्माता रहेको चलचित्रमा रमा थपलिया, स्वेच्छा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्