शाहरुख र सलमानपछि प्रदिप खड्कासंग काम गर्दै ‘ सांगे’


भुटानी अभिनेता सांगे सेल्ट्रिमले बलिउडका बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानसँग काम गरेपछि चर्चामा आए। उनले अब चलचित्र ‘ऐरी’ मा काम गर्न लागेका छन्। चलचित्रमा उनले प्रदिप खड्कासंग सहकार्य गर्नछन्। चलचित्रका लागी उनले बुधबार निर्देशक जीवन थापासंग कागजी सम्झौता गरेका छन्। मंगलबार काठमाडौं आएका सांगे चलचित्र सम्झौता पछि बिहिबार भुटान फर्किएका छन् ।

भुटानी चलचित्र ‘सिंग्ये’मा काम गरेपछि सांगेले सलमान खान अभिनीत ‘राधे’बाट बलिउडमा डेब्यू गरेका थिए। यसपछि उनी गत वर्ष शाहरुख खानसँग चलचित्र ‘जवान’ मा देखिएका थिए । सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहने चलचित्र हिन्दी, नेपाली, अंग्रेजी र तमिल गरी चार भाषामा बन्नेछ।

प्रदीपले शिकारीको भूमिका निर्वाह गर्ने चलचित्रमा कलाकार अनुबन्धको कामलाई तीव्रता दिईएको छ। प्रदिपले ‘एक्टर’ र पिताम्बर’ को सुटिङ्ग सम्पन्न गरेपछि यो चलचित्रको सुटिङ्ग सुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्