‘वसन्त’ फुलेको स्वस्तिमा र प्रकाशको जोडी (फोटोफिचर)


प्रकाश सपुत चलचित्र ‘वसन्त’ मार्फत चलचित्र निर्देशनमा डेव्यु गर्दैछन्। यो चलचित्रमा उनको कथा, संगीत, निर्देशनको साथमा मुख्य भूमिकामा अभिनय पनि रहनेछ।

प्रकाशको यो चलचित्रको घोषणा टिजर समेत सार्वजनिक भएको छ। जातीय बिभिदे र अन्तरजातीय प्रेम कथा प्रस्तुत भएको टिजरले दर्शकको मन जितिरहेको छ।

यो चलचित्रमा प्रकाशको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का देखिदैछिन्। प्रकाश र स्वस्तिमाले म्युजिक भिडियोमा संगै काम गरेका थिए। चलचित्रको घोषणा कार्यक्रममा प्रकाश र स्वस्तिमाको जोडी आकर्षक देखिएको थियो। चलचित्र २०८१ को चैते दशैँमा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्