विवाहबारे मनिषा, ‘मलाई सम्हाल्ने मान्छेको खाँचो छ। ‘ (भिडियोसहित)


अभिनेत्री मनिषा कोइराला काठमाडौं आइपुगेकी छिन्। पछिल्लो समय काठमाडौंमा नै बढी समय मनिषाले बिताईरहेकी छिन्। उनी काम पर्दा मुम्बई जाने र बढी समय नेपालमा नै रहने बताएकी छिन् । सुटुक्क नेपाल र मुम्बई यात्रा गर्ने मनिषा उति धेरै हल्लाखल्ला गर्न रुचि राख्दिनन्।

यो पटक भने उनको नेपाल आगमन बिशेष रह्यो। संजयालिला भन्साली निर्देशित वेभ सिरिज ‘हीरामण्डी’ को नेटफिल्क्स सफलताले मनिषा उत्साहित छिन् । त्यो उत्साह एयरपोर्टमा पनि देखिएको थियो। उनले प्राप्त प्रतिक्रियाले आफु उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन्। ‘जुन रेस्पोन्स मिलेरहेको छ यसले मलाई हौसला र उत्साह दिएको छ। यो मेरो करियरको सेकेन्ड लाईफ हो। ‘

भन्साली जस्तो निर्देशकसंग काम गर्न पाउनु आफ्नो लागि गर्वको बिषय रहेको उनले बताईन्। ‘संजय जी संग नेपाल आउनु अगाडी पनि भेटेर आए । उहा जस्तो अब्बल निर्देशक संग काम गर्न पाउँदा मलाई खुशी र गर्व लाग्छ। ‘

विवाहको वारेमा मनिषाले बलिउड मिडियामा प्रतिक्रिया दिएकी थिइन् । सोहि प्रश्न उनलाई एयरपोर्टमा पनि राखियो। हास्दै मनिषाले आफुलाई सम्हाल्न गार्हो रहेको र सम्हाल्न सक्ने व्यक्तिको खाँचो रहेको बताईन्।

प्रतिक्रिया दिनुहोस्