A vertical shot of the black cat in the dark darkness

महाशिवरात्रिमा ‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ रिलिज तय


टेलिभिजनको पर्दामा सफल रहेको ‘सक्किगोनी’ टिम चलचित्र निर्माणको तयारीमा जुटेको लामो समय भयो। केहि बर्ष अगाडी देखि नै चलचित्र निर्माणको तयारी गरे पनि यो बर्ष जिग्री पाँडेको टीमले चलचित्र निर्माण गर्ने पक्का भैसकेको छ ।

‘लाज शरणम्’ शिर्षकमा घोषणा गरिएको चलचित्रको अन्य कुनै जानकारी सार्वजनिक भएको छैन । सक्किगोनी टिमको निर्माण भएकाले यसका अधिकांश कलाकार रहने पक्का छन्। यो चलचित्रले सुटिङ्ग सुरुवात अगावै प्रदर्शन मिति तय गरेको छ। महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेबाट चलचित्र रिलिज गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्