कस्तो छ साम्राज्ञी अभिनित ‘लण्डन टू पेरिस’ को ट्रेलर?


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो करियरको हिटको पर्खाईमा रहेकी छिन् । सधै चर्चा र सर्वाधिक चासोमा रहने अभिनेत्री शाहले लगातार फ्लप चलचित्रको नमिठो झड्का बेहोरेकी छिन्। डेव्युको समयमा चर्चा र स्टारडममा आफुलाई अब्बल स्थापित गरेकी शाहको करियर अहिले सोचेजस्तो उचाईमा रहेको छैन।

उनी साम्राज्ञीको भाग्य परिक्षा रहेको चलचित्र ‘लण्डन टू पेरिस’ यहि जेठ २५ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रका प्रचार सामाग्रीले सोचेजस्तो सफलता हासिल गर्न सकेका छैनन्। चलचित्रको निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको छ। प्रेम, बिछोड र रोदनले भरिएको चलचित्र ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिईएको छ। डेव्यु नायक निश्चल खड्कासंग साम्राज्ञीको केमेष्ट्री प्रस्तुत गरिएको छ। कबिर खड्कासंग डेव्यु अभिनेत्री गरिमा शर्मालाई प्रस्तुत गरिएको छ।

घनश्याम लामिछाने निर्देशित चलचित्र एबी इन्टरनेशनलको प्रस्तुतीमा निर्माण भएको छ। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत , एरियाना बस्नेत , परि राना निर्माताको रुपमा रहेका छन्। यो चलचित्रको स्टार भ्यालु साम्राज्ञी हुन् । सोहि कारण पनि उनको काँधमा चलचित्रको जिम्मेवारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्