पृथ्वीसँग रोमान्टिक अनु , यस्तो बन्यो ‘ईश्वर’ पोस्टर


साउन ११ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ईश्वर’ को रोमान्टिक पोष्टर सार्वजनिक भएको छ। गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सार्वजनिक पोस्टरमा नायक पृथ्वीराज प्रसाई र नायिका अनु शाह प्रस्तुत रहेका छन्। दुवैले लामो समयपछि चलचित्रमा कमब्याक गरेका हुन् ।

दिव्या कंगना फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई राजु गिरिले निर्देशन गरेका छन् । सुनिल थापा, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, सविन बास्तोला, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको अभिनय रहेको चलचित्रलाई हरिबहादुर थापाले निर्माण गरेका छन् । अघिल्लो साता पोखरामा चलचित्रको प्रिमियर गरिएको थियो । लक्ष्मी कुँवर थापाको प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई तथा बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्