साथ रिलिज भएका ‘फर्की फर्की’ र ‘पुजार सार्की’ को व्यापार कस्तो छ ?


जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर दुई नेपाली चलचित्र रिलिज भए। यो दिन नेपाली चलचित्र क्षेत्रको यो बर्षको सर्वाधिक ठुलो क्ल्यासको रुपमा हेरिएको छ। दुवै चलचित्र एकसाथ रिलिज हुँदा दर्शकले बराबर प्रेम प्रस्तुत गरिरहेका छन् ।

सुयोग गुरुङ्गको निर्देशनमा अनमोल केसी र जसिता गुरुङ्ग स्टारर चलचित्र ‘फर्की फर्की’ यी दुवैको करियरका लागी महत्वपूर्ण चलचित्र रहेको छ। फ्लप र अनेक उतारचढावको बीचमा १० औ चलचित्र लिएर आएका अनमोलले आफ्नो स्टारडम पुन प्रमाणित गरेका छन्। चर्चा रहेका हिटको पर्खाइमा रहेकी जसिताको लागी पनि यो चलचित्र फलदायी बन्यो । दुवैको जोडी दर्शकले रुचाएका छन्। रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रको मेकिङ्ग खर्च ४ करोड रहेको बताईएको छ। नेपाली हलबाट मात्रै लगानी उठाउन चलचित्रले १२ करोड बराबरको व्यापार गर्नुपर्ने रहेको छ। तर हलमात्रै व्यापारको स्रोत नभएको कारण अहिले चलचित्र निर्मातालाई लगानी सुरक्षित गर्ने अन्य उपायहरु पनि रहेका छन्।

दिनेश राउतको निर्देशनमा रहेको चलचित्र ‘पुजार सार्की’ मा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह मुख्य भूमिकामा रहेका छन्। तीन स्टार कलाकारको अभिनय रहेको कारण चर्चामा रहेको चलचित्रको कथावस्तु र प्रस्तुती दर्शकले रुचाएका छन्। तिनै कलाकार गज्जबको फ्यान फलोइंग भएका कारण इनिशियल व्यापारमा फाइदा पुगेको चलचित्र सकारात्मक प्रतिक्रियाका कारण लामो रेसको यात्रा बनिरहेको छ।

दुवै चलचित्रले आफ्नो व्यवसायिक आँकडा सार्वजनिक गरेका छैनन्। बिदाका दिनमा आक्रामक व्यापार गरेका चलचित्र अन्य दिनमा पनि ठिकठाक व्यापार गरिरहेका छन्। पहिलो सप्तान्त पछि व्यापारिक आंकडा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेका छन् । हलले उस्तै शोज दिएका दुवै चलचित्रको व्यापारिक आंकडा धेरै फरक नहुने आंकलन गरिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्