‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना बराइली फाइनल


‘महापुरुष’ डेव्यु अभिनेत्री अञ्जना बराईलीको करियरले बिस्तारै आफ्नो ले समात्दै गएको छ। सुजन चापागाईको ‘घुमी घुमी’ भिडियोबाट चर्चामा आएकी अञ्जनाको अभिनय सुन्दर रहेको छ। चलचित्रमा आफुले पाएको चरित्रलाई उनले न्याय गरिरहेकी छिन्। तर दर्शकमाझ नोटिश हुनलाई भने समय लागिरहेको छ। त्यसको एउटा कारण हुन् सक्छ स्टारहरुको भिडमा रहनु। अहिले हलमा उनको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शन भैरहेको छ। तीन स्टार भएको कारण यो चलचित्रमा अन्यको चर्चा खासै छैन।

उनै अञ्जना नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। प्रकाश सपुतको दोश्रो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना फाइनल भएकी हुन्। यो चलचित्र केकी अधिकारीको पनि चर्चा रहेको थियो। जेठ तेश्रो साताबाट छायांकनमा जान लागेको चलचित्रमा मुकुन भुसाल, विनोद न्यौपाने, भोलाराज सापकोटा, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेनछ। चलचित्रमा कसको भूमिका के भन्ने कुरा निर्माण टिमले खुलाएको छैन। सेभेन सिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ। चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। सामाजिक कथावस्तुमा बन्ने यो चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्