‘आउट लः २१९’को फस्लटुकमा एङ्ग्री सुशिल, असोज ३ बाट रिलिजमा आउने


स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘आउट लः दभा २१९’को फस्टलुक रिलिज भएको छ ।
सार्वजनिक फस्टलुकमा चलचित्रका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।


अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो चलचित्र असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ । चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन छ । चलचित्रमा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।


विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
यो चलचित्रको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो । फस्टलुकसँगै चलचित्रप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्