‘लन्डन टु पेरिस’ मा साम्राज्ञी


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त रहेकी छिन्। केहि दिन अगाडी मात्र ‘ह्यारीकी प्यारी’ को सुटिङ्ग सकेकी शाह नया चलचित्रमा अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा तयार हुने चलचित्र ‘लन्डन टु पेरिस’ मा शाह मुख्य भूमिकामा देखिदैछिन्। लामिछानेले ‘अग्निदहन’, ‘धौली’ ,’पन्चेबाजा’ लगायतका चलचित्र निर्देशन गरेका छन्।

यो चलचित्र यात्रामा आधिरता प्रेमकथामा निर्माण हुनेछ। एवी इन्टरनेशनलको व्यानरमा निर्माण हुने चलचित्रको सुटिङ्ग असार बाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ। बेलायत र फ्रान्समा चलचित्रको सुटिङ्ग हुनेछ। एवी इन्टरनेशनलको व्यानरमा नै अनमोल केसी र सारा शिर्पाइलि मुख्य भूमिकामा रहेको अर्को चलचित्र निर्माण हुदैछ। त्यस्तै पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देन मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन रिलिजको पर्खाइमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्