हरिहरलाई नीताको शुभकामना ,’जीवनको गोरेटोमा थपिएको एउटा राम्रो मनको मान्छे’


अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको प्रेम कसैसंग लुकेको छैन। केहि समय अगाडीबाट
प्रेममा रहेको यो जोडी व्यवसायिक सहकार्यमा पनि रहेको छ। आज उनै हरिहरको जन्मदिन। चैते दशैँमा आफ्नो जन्मदिन मनाउने हरिहरलाई नीताले निकै प्रेमिल शुभकामना दिएकी छिन्। उनले जीवनको गोरेटोमा भेटिएको एउटा राम्रो मनको मान्छे भनेर हरिहरलाई शुभकामना दिएकी छिन्। सामाजिक संजालमा नीता लेख्छिन्, ‘ जिन्दगीको गोरेटोमा एउटा साथ थपिएको सहकर्मी हजुर, राम्रो मान्छे मनको मान्छे उदाहरणीय मान्छे हजुर ,हजुरको यो अनुहारमा यसरी नै खुसी देख्न पाइयोस हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना हजुर, भगवान सधैं दाहिने रहुन् ।’

प्रतिक्रिया दिनुहोस्