A vertical shot of the black cat in the dark darkness

‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ


माओत्से गुरुङ नेपाली चलचित्र क्षेत्रमा सफल नाम हो। लेखन र अभिनयमा आफुलाई पुष्टि गरिसकेका गुरुङ्गले गएको बर्ष ‘दयारानी’ मार्फत निर्देशकको रुपमा समेत चर्चा बटुलिसकेका छन्।

उनै गुरुङ्गले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन्। ‘पेन्सनपट्टा’ नाम राखिएको चलचित्रमा उनको नै कथा रहेको छ। दशैं अगाडि नै छायांकन तयारी गरिएको चलचित्रका लागी कलाकार भने तय भैनसकेको निर्माण टिमले जानकारी दिएको छ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो चलचित्र निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्