रोमान्टिक दृश्यले भरपुर पूजा र आकाशको ‘परेलीमा’


अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्झना बिर्सना’ को ‘परेलीमा’ बोलको गीत सार्वजनिक भएको छ। अन्जु पन्त र निमेष प्रधानको स्वर रहेको गीतमा निमेषको नै शब्द र संगीत रहेको छ। कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक देखिएको छ। पूजा र आकाशलाई कमलले निअकि रोमान्टिक अवतारमा देखाएका छन्।

निमेष प्रधानको निर्देशनमा बनेको चलचित्रमा पूजा र आकाशको साथमा बरिष्ठ कलाकार सुनिल थापा , छुल्ठिम गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। अदुतीय प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रलाई बरिष्ठ छायाकार शिव ढकालले खिचेका छन् भने सम्पादन तारा थापाले गरेका छन्। चलचित्र आगामी बर्षको जेठ ६ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्