A vertical shot of the black cat in the dark darkness

‘ईश्वर’ को ‘पुरा भयो सपना मेरो’ मा कृष्टिसंग रोमान्टिक ध्रुव


साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ । गीतको भिडियोमा चलचित्रका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।

राजु गिरी निर्देशित चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको लगानी रहेको छ । चलचित्रमा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

प्रतिक्रिया दिनुहोस्