चलचित्र देखि राजनीतिसम्मको यात्रा: देशको सेवा गर्न हिडेकी छोरी भनेर आशिर्वाद दिनुहुन्छ


रेखा थापा, नेपाली चलचित्रले पाएको एक गर्विलो नाम हो। सिनेमामा महिलाको उपस्थितिलाइ फरक हिसावले परिभाषित र चित्रित गर्नको लागी रेखाको भूमिका ठुलो रहेको छ। महिलालाई प्रस्तूत गर्ने शैलीलाई नै बदल्न रेखाले ठुलो भूमिका खेलेकी छिन् । अझ भनौ हिरोको परिभाषामा महिला पनि अटाउन सक्छन् भन्ने अनुभूति रेखाले नेपाली चलचित्र क्षेत्रमा गराईन्। १६ बर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई स्थापित गराएर रेखाले धेरै बर्ष नंबर १ अभिनेत्रीको रुपमा आफुलाई स्थापित गराईन् । चलचित्र क्षेत्रमा क्रान्ति गरेकी रेखा अहिले राजनीतिक क्रान्तिको अभियानमा होमिएकी छिन्। राप्रपाको प्रभावशाली नेताको रुपमा रेखाले आफुलाई प्रमाणित गर्दैछिन्। छोटो राजनीतिक यात्रा छ उनको तर देशभर चलेको राप्रपाको घरदैलो अभियानमा रेखालाई सुन्न आउने जमात बढ्दो छ । सुन्न आउने जमात यसकारणकी कलाकार त्यो पनि बिशेस गरि महिला कलाकारलाई यहा हेर्न आउने जमात ठुलो छ। त्यो भिडमा पनि रेखा आफ्ना आवाज सुनाईरहेकी छिन् अनि बुझाई पनि रहेकी छिन् राजनीतिको परिभाषा ती हरेक युवा, महिला अनि आम जनतालाई। पुर्व इलामदेखि देशका विभिन्न क्षेत्रमा रेखा राजनीतिक परिवर्तनका लागी होमिएकी छिन् अनि आवाज चर्को बनाएर सुनाइ रहेकी छिन्।

कस्तो बन्दै छ त रेखाको यो यात्रा ? चलचित्रको अभिनेत्रीको रुपमा देखेका जनताले समग्र रुपमा रेखालाई कसरी बुझ्दैछन् त ? अनि के रहेछ आम जनताको राजनीति प्रतिको धारणा यस्तै बिषयमा हामीले रेखासंग कुरा गरेका छौ।

रेखाले यात्राको क्रममा भिन्न परिवेश, भिन्न सोच र बिचार भएका मानिसहरु भेटिरहेकी छिन्। तर परिवेश, विचार र भूगोल भिन्न भए पनि राजनैतिक वितृष्णा भने उस्तै उस्तै देखिरहेकी छिन्। परिवर्तन र व्यवस्थाका ठुलठुला लडाईबाट थाकेका मानिसहरु भेटिरहेकी छिन्। तर रेखा सवैलाई विश्वास दिलाउने कोसिसमा छिन् युवा पुस्तालाई राजनीतिमा अवसर दिनुपर्छ । देश वनाउने यहि युवा पुस्ताले हो।

के अभिनेत्री रेखालाई जनताले नेता रेखाको रुपमा देखिरहेका छन् त ?

रेखा भन्छिन्, ‘ म रियल लाइफमा जे छु पर्दामा पनि त्यही देखिन्छु। मलाई कहिले पनि म स्टार कलाकार हु। मेरो जीवन शैली फरक बनाएर हिड्नु पर्छ जस्तो लाग्ने। सयाद त्यहि भएर धेरै महिलाले मलाइ आफु भित्र देख्थे अनि धेरै किसोरीले म जस्तै भविष्य। हाम्रो समस्या भनेको नै पर्दा भित्रको मान्छे पर्दा बाहिर त्यस्तै भएर आउन नसक्नु पनि हो। थोरै त्यसमा म भिन्न हुन सकेजस्तो लाग्छ। ‘

रेखालाई कलाकारिता भन्दा हजारौ गुणा ज्यादा सन्तुष्टि अहिले मिलिरहेको आभाष भैरहेको छ रे। जनतासंग प्रत्यक्ष पुगेर उनीहरुको सेवा गर्ने बाटो कोर्दै गर्दा रेखा त्यो बाटोमा हिड्ने हजारौ नयाँ पुस्ताको सुन्दर भविस्य पनि देखिरहेकी छिन्। अनि सवैलाई त्यहि बुझाइरहेकी पनि छिन्।

उनि अगाडी थप्छिन् ,’ कलाकारिता र राजनीति धेरै फरक बिषय हुन्। कलाकारितामा अभिनय गरिन्छ राजनीतिमा सेवा। हो त्यहि सेवा गर्न म राजनीतिमा होमिएकी हु। ‘

रेखा जनतामा पुग्दा प्रत्यक्ष कुरा गर्दा सार्है पिडा बोध भैरहेको बताउछिन्। सोझा र निर्दोष जनताको भावना माथी खेलवाड भैरहेको र सहि नेता र नेतृत्व नपरेको आभाष जनताको आखामा उनले पाइरहेकी छिन्। उनि भन्छिन् , ‘मेरो लक्ष्य जनतालाई विश्वास दिलाउनु हो राजनीति नै परिवर्तनको सम्बाहक हो र यसको लागी सहि नेतृत्व छनोट गर्न आवश्यक छ। सेवाको भाव लिएर जनताको लागी काम गर्नु पर्ने छ यसका लागी पार्टी भित्र पनि मेरो लडाई सधै रहनेछ। ‘

कलाकारिता गरिरहेकी रेखालाई चै नेता रेखा बनेर जनता माझ पुग्दा कस्तो महसुस भैरहेको छ त ?

‘मलाई कुनै अनौठो महसुस भैरहेको छैन। म सानैबाट अरुसम्म पुग्न र नेतृत्व गर्न चाहन्थे। चलचित्र क्षेत्रमा आएर पनि मैले त्यहि गरे।
जुन उमेरमा मैले चलचित्र क्षेत्रमा प्रवेश गरे र जुन स्थितिमा मैले लडाई गरे राजनीतिमा पनि अहिले त्यहि अवस्था छ। पुरुष प्रधान चलचित्र क्षेत्र र महिलालाई प्रयोग गरिने शैली विरुद्ध मेरो लडाई थियो। अहिले राजनीति पनि त्यस्तै पाउछु। जनतालाई भ्रमित पर्ने राजनीति मात्र भैरहेको छ। जसले गर्दा जनता दिक्क बनिसकेका छन्’, रेखा भन्छिन्।

रेखा आफु हिरोईन भएर मात्र राजनीतिमा आएको आभाष गरिरहेकी छैनन्। उनलाई राजनीति जनताको भावना बुज्नको लागि गरिने सेवा हो जस्तो लाग्छ जुन कुरा उनि आफ्ना चलचित्रमा पनि गरिरहेको स्मरण गर्छिन्। ‘म मेरा चलचित्रमा पनि जनताको भावना बुझ्न र बुझाउन कोसिस गर्थे राजनीतिमा पनि त्यही होसिसमा छु। मेरो परिभाषामा नेता सेवक हो र जनताको सेवक हुन् धेरै गार्हो छ। अझ यहा रियल सेवक त देख्दै देख्दिन। ‘

अवको राजनीतिक परिभाषा युवा नेतृत्वले बदल्न आवस्यक देख्छिन् रेखा । पद र प्रतिष्ठाको लोभ त्यागेर राजनीतिक सेवा गर्न सवै लाग्नु पर्ने र त्यसकै लागी पार्टी भित्र र बाहिर पनि लडाई रहने रेखाको प्रण रहेको छ। राप्रपाको नयाँ नेतृत्व प्रति जनता आशावादी रहेको रेखाले पाएकी छिन्।

घर दैलो अभियानका लागी चितवन पुग्दाको एक घटना रेखा स्मरण गर्छिन्। ‘ एक जना दिदि रुदै आउनुभयो । धेरै दल र नेताले आफुलाई झुकयाए। हाम्रो आसा र भरोशा माथि विश्वासघात गरे। रेखा बहिनीबाट त्यो अपेक्षा हामीले राखेका छैनौ । तपाइले हाम्रो मुहारमा खुशी ल्याउन लड्नुहुन्छ भन्नेमा हामि विस्वाश गर्छौ। ‘

रेखा महिलाको लागी अलिक गम्भीर रहेको र सधै रहने बताउछिन्। यो पटकको घरदैलो अभियानबाट रेखाले नेताले अहिलेसम्म के गरे भनेर आस्चर्यचकित भएको बताईन्। राजनीति गर्ने काम नेताको हो तर अहिलेसम्म के गरे भनेर मा आश्चर्यमा परेकी छु। जनताको जीवनस्तर उस्ककेको र जनता खुशी भएको कतै पाईन। व्यावस्था परिवर्तनला लागी मात्र जनताको प्रयोग भैरहेको देखे। परिवर्तनका लागी भनेर कति आमा बाबुका काख रित्तिए कति श्रीमती विधुवा भए अनि बच्चा टुहुरा। तर खै त उनीहरुको लागि राजनैतिक परिवर्तनको आभाष दिलाउन सकेको अनि त्यो भरोशा रेखा आफैलाई प्रश्न गरिरहेकी छिन्।

अन्त्यमा ,
हरेक समयमा परिवर्तनका लागी एउटा पुस्ता जन्मिन्छ। एउटा पिडि जो जनता प्रति समर्पित हुन्छ। सायद अव यो समय र पुस्ता आएको छ। हरेक युगमा युवाहरु बद्नाम र प्रयोग मात्र भए । अव युवाले नेतृत्व लिनुपर्छ र निस्वार्थ सेवा भावले देश निर्माणमा अगाडी बढ्नु पर्छ। ठुलठुला भाषण गर्ने युवा पुस्ता आए तर ठाउँमा पुगेर आफुलाई प्रमाणित गर्ने पुस्ता आएन। अवको पुस्ताले राजनीति फोहोरी हैन राजनीति गर्ने मान्छे फोहोरी हुन् भन्ने बुझ्नुपर्छ। मलाई अभिनेत्रीको रुपमा हैन देशको सेवा गर्न हिडेकी छोरीको रुपमा आशिर्वाद दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्