A vertical shot of the black cat in the dark darkness

नीतिको बढ्दो व्यस्तता, ‘नरसिंहाः अवतार’ मा राजेश हमालसंगै


अभिनेत्री नीति शाह पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त रहेकी छिन्। एक मात्र चलचित्र रिलिज भएकी नीतिको हातमा ५ वटा चलचित्र रहेका छन्। लगातार सेड्युलमा व्यस्त नीतिले नयाँ चलचित्रमा सम्झौता गरेकी छिन्।

दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘नरसिंहाः अवतार’ मा नीति शाह फाइनल भएकी छिन् । चलचित्रको मुख्य भूमिकामा अभिनेता राजेश हमाल फाइनल भइसकेका छन् । नायक हमालले ८ बर्षपछि ठूलो पर्दामा यहि चलचित्र मार्फत कमब्याक गर्ने तयारी गरेका हुन् । भदौबाट सुटिङ्ग सुरु हुने चलचित्रमा अझै नायक नायिकाको खोजि भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्