A vertical shot of the black cat in the dark darkness

पावरफुल ‘रावायण’ पहिलो गीत: दुई रुपमा पल, भिन्न छ पूजाको प्रस्तुती


भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’ को पहिलो गीत सार्वजनिक भएको छ। टिजर रिलिज गरेर राम्रो हाइप बनाएको चलचित्रको पावरफुल गीत सार्वजनिक भएको छ। ‘रावायण’ बोलको टाइटल गीतमा नकाश अजिजको आवाज, कृष्णहरि बरालको शब्द र रेवन आरत्ती सिंहको संगीत रहेको छ। अडियो निकै पावरफुल बनेको छ ।

विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियो इनर्जेटिक बनेको छ। बिशेष गरि अभिनेता पल शाहको इनर्जी भिडियोमा देखिएको छ । दुई रुपमा देखिएका पल शाहलाई अभिनेत्री पूजा शर्माले भिडियोमा साथ दिएकी छिन्। उनले गरिरहेका भन्दा भिन्न शैलीको भिडियोमा उनको एक्सप्रेन आकर्षक देखिएको छ। भिडियोको मुख्य आकर्षण पल शाहले मिहेनत गरेको प्रस्ट देखिन्छ। सेट र कोरियोग्राफी आकर्षक देखिएको कारण पनि भिडियोमा अब्बलता थपिएको छ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको प्रस्तुतीमा तयार भएको चलचित्रमा पूजा शर्माको लगानी रहेको छ। सुदर्शन थापा निर्देशित चलचित्रमा पल र पूजाको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रदिप ढकाल, निकिता चांडक, प्रकाश शाह, अर्जुन जंग शाही, सर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। तराईको सेटिङ्गमा रहेको चलचित्रको गीत पनि सोहि अनुसारको तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्