A vertical shot of the black cat in the dark darkness

जीवन र मायाको परिभाषा खोज्दै आकाश र पूजाको ‘सम्झना विर्सना’


पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ। प्रेम, विछोड, हाँसो अनि रोदनको कथा समेटेको चलचित्रको ट्रेलरमा निर्माण टिमले आकर्षक बनाउने कोसिस गरेको छ । अदुतिया प्रधान र रेविका प्रधानको निर्माणमा तयार भएको चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका छन्।

चलचित्रमा निमेषको नै कथा रहेको छ। चलचित्रमा पुजा र आकाशको साथमा सुनिल थापा, छुल्ठिम गुरुङ्ग, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ। शिव ढकालले खिचेको चलचित्रलाई तारा थापाले सम्पादन गरेका छन्। कमल राई चलचित्रको कोरियोग्राफरको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्