A vertical shot of the black cat in the dark darkness

९ घण्टा नवित्दै ट्रेण्डिङको शिर्ष स्थानमा ‘रावायण’ ट्रेलर


पल शाह र पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘रावायण’ दर्शकहरुको लागि प्रतिक्षित रहेको छ। भदौ २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलर बिहिबार एक कार्यक्रमका बीच सार्वजिक गरिएको थियो। सोही ट्रेलर सार्वजनिक गरेको ९ घण्टा भित्रै ट्रेण्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । सकारात्मक प्रतिक्रया सहित ट्रेलरले ८ लाख २० हजार बढी भ्युज बटुलिसकेको छ ।


एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् । सुदर्शन थापा चलचित्रका निर्देशक हुन् ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठ, समिर खान लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्