A vertical shot of the black cat in the dark darkness

‘बेहुली फ्रम मेघौली’ टिजर: ३० कटेकी स्वस्तिमालाई बिहेको किचकिच


असोज १७ गते फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टिजर इन्टरनेटमा सार्वजनिक गरिएको छ। गत हप्ता देखि चलचित्र हलमा बजिरहेको टिजर आज बाट युट्युवमा सार्वजनिक भएको हो।

निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहेको चलचित्रको टिजर रमाइलो बनेको छ। नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई टिजरमा प्रस्तुत गरिएको छ।

टिजरमा निश्चललाई अष्ट्रेलिया रिटर्न युवाको रुपमा प्रस्तुत गरिएको छ भने स्वस्तिमालाई विवाहको लागि दुलाह खोजीरहेकी ३० वर्षिय युवतीको रुपमा देखाइएको छ। चलचित्रमा निश्चल र स्वस्तिमाको साथमा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, अभिषेक खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ निश्चल र स्वस्तिमा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्