A vertical shot of the black cat in the dark darkness

नारी पीडा बोकेको ‘देवी’ शिर्ष गीत


स्वप्निल शर्माको स्वर, शब्द तथा रोहित शाक्यको संगीतमा चलचित्र ‘देवी’ को शिर्ष गीत सार्वजनिक भएको छ। नारीको पिडा बोलेको गीतमा अभिनेत्री शिल्पा मास्केको नृत्य रहेको छ। मिङ्मा लेप्चाको नृत्य निर्देशन रहेको भिडियोलाई बशिष्ठ घिमिरेले खिचेका छन्।

सञ्जोग राईको निर्देशन तथा लेखन रहेको चलचित्र एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्सको सहकार्यमा तयार भएको छ। बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा उठाएको चलचित्रको केहि दिन अगाडी सार्वजनिक ट्रेलरले दर्शकको ध्यान खिचिरहेको छ।

चलचित्रमा शिल्पासहित गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। जोएल फ्रोमको डिओपी रेमन गुरुङ र सञ्जोग राई निर्माता रहेको चलचित्रमा जावेद खान कार्यकारी निर्माता तथा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्