A vertical shot of the black cat in the dark darkness

ट्रेलरको हाइपले उत्साहित ‘रावायण’ टिम प्रचारमा व्यस्त


यो वर्षको हरितालिका तीजको अवसर पारेर रिलिज तयारीमा रहेको चलचित्र ‘रावायण’ को चर्चा यतिबेला शिखरमा रहेको छ। पल शाह र पूजा शर्माको जोडी रहेको यो चलचित्रको इनिशियल व्यापार बम्पर बन्ने पक्का देखिएको छ। सुदर्शन थापा निर्देशित यो चलचित्रको टीम यतिबेला आफ्नो प्रचारप्रसारमा व्यस्त रहेको छ। रिलिज मिति नजिकिदै गर्दा यतिबेला चलचित्रको टीमले युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको छ । कलेजका युवा विद्यार्थी माझ चलचित्रको टीम प्रमोशनका लागी पुगिरहेको छ।

टिजर, ट्रेलर र गीतले बनाएको हाइपको फाइदा उठ्दै चलचित्रको टीम विभिन्न कलेजका विद्यार्थीसंग भेटघाट गरिरहेको हो। युवा पुस्तामा पल र पूजाको क्रेज गज्जबको रहेको छ। यसको फाइदा चलचित्रलाई पक्का पुग्नेछ ।

आइतबार चलचित्रको टिमले टेक्सास कलेजका विद्यार्थीसंग भेटघाट गरेको थियो। निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले एक कार्यक्रमका बीच विद्यार्थीसंग भेटघाट गरेका थिए ।

निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता छन् ।
पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्