पलसंगको भेटको कथा सुनाउदै पूजा (भिडियोअन्तर्वार्ता)


नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा तनहुमा पुर्पक्षका लागी थुनामा रहेका अभिनेता पल शाहको मुद्धामा नयाँ नयाँ मोड आइरहेका छन् । बहसको क्रममा नै रहेको मुद्धाको निर्णय के आउने हो त्यो भने हेर्न बाँकी रहेको छ।
पललाई भेटेर आउने उनका निकट साथीहरु पल छुट्ने र फेरी फर्कनेमा ढुक्क रहेका छन्। नयाँ बर्षको अवसर पारेर अभिनेत्री पूजा शर्माले पल शाहलाई भेटेर आईन्। उनि चलचित्र रिलिजको समयमा पनि पललाई भेट्न पुगेकी थिइन् भने सामाजिक संजालमा पनि पललाई प्रेम र साथ दर्शाईरहेकी छिन् ।
भेटमा के कुरा गरे त पल र पूजाले?
चलचित्र क्षेत्रका मिल्ने साथीको रुपमा परिचित पल र पूजाको जोडी दर्शकले पनि रुचाएका छन्। भेटमा पलले पूजालाई दर्शक र चलचित्रको बारेमा नै बढी कुरा गरे। पूजा भन्छिन्, ‘पललाई आफ्नो चलचित्र र दर्शकको बारेमा धेरै चिन्ता छ। उसको एउटा चिन्ता र चाहना छ दर्शकसंग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्ने चाहना छ। मलाई भेटमा पनि उसले त्यहि प्रश्न गर्यो। मैले पनि तिमि रिहा भएपछी दर्शकसंगै बसेर चलचित्र हेर्ने बाचा दिएर आए।’

कस्तो छ त पलको अवस्था?
पूजा भन्छिन्, ‘आफु सहि भएको कारण रिहा हुनेमा पल ढुक्क छ। हाम्रो भेटमा पनि त्यहि कुरा भयो। सहि समय आउन केहि समय लाग्ला तर रिहा पल आउनेछ। आफु भेट्दा पललाइ थोरै भएपनि हसाउने कोसिस गरेर फर्किएको छु। त्यहा पलको अवस्था पनि राम्रो रहेको छ।’

प्रतिक्रिया दिनुहोस्