A vertical shot of the black cat in the dark darkness

‘रावायण’को ‘करेजा निकरी’ गीत: निकिताको बोल्ड आइटम डान्स


भदौ २१ गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ । भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको स्वर रहेको ‘करेजा निकरी’ गीतमा रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द रहेको छ । भोजपुरी भाषामा गीत तयार पारिएको छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको भिडियोमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह फिचर रहेका छन्। निकिताले पहिलोपटक आइटम डान्स गरेकी हुन्। भिडियोका लागी निर्माण टिमले निकै खर्च गरेको देखिन्छ। मधेशको गाउँलाई सेटअप बनाएर खिचिएको भिडियोमा पल र प्रकाशको टकरावमा निकिताको बोल्ड अवतर देख्न सकिन्छ ।

सुदर्शन थापाको निर्देशनमा, पूजा शर्माको लगानी रहेको चलचित्रमा पल दोहोरो भूमिकामा छन् । चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदिको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्