A vertical shot of the black cat in the dark darkness

सामाजिक संजालमा पुजा र समिक्षाको आरोप प्रत्यारोप


नायिका पुजा शर्मा र गायिका समिक्षा अधिकारीको सम्बन्ध गज्जबको छ। यी दुवै कहिले नजिकका साथी जस्तो हुन्छन्, कहिले कट्टर दुस्मन जस्तो । कहिले सामजिक संजालमा प्रेम देखिन्छ कहिले एकअर्का प्रति घृणा। अहिले दुवैको सम्बन्ध सुमधुर नभएको दुवैको सामाजिक संजालको आरोप प्रत्यारोप बाट स्पष्ट हुन्छ।


पूजा यतिबेला चलचित्र ‘रावायण’ को प्रमोशनमा व्यस्त रहेकी छन् । सोहि क्रममा एक मिडियामा अन्तर्वार्ता दिन गएको क्रममा पूजाले दिएको अभिव्यक्तिमा आपत्ती जनाउदै समिक्षाले आफ्नो समाजिक संजालमा स्टाटस लेखेकी छन्। अन्तवार्ताको एक क्लिप शेयर गर्दै चलचित्र चलाउनका लागी आफु माथी प्रहार भएको आरोप लगाइन्।

यस्तो छ समिक्षाको स्टाटस

‘अदालत नै पोडकाष्टरहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरू हुन भने उत्तिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नी । सत्य के हो ? कि उसलाई थाहा छ कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सही ? के गलत । छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै सामान्य नै चलिरहेको बेला आफै छोरी भएर उमेरले झन्डै १४ बर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’

समिक्षाको यस्तो स्टाटस पछि पूजाले पनि आफ्नो सामाजिक संजालमा लामो स्टाटस पोष्ट गरेकी छिन्। उनले एक गायिका बहिनिले आफ्नो भिडियो शेयर गरेर नकारात्मक संदेश दिन खोजेकोमा आफ्नो आपत्ति रहेको उल्लेख गरेकी छिन् । पुजा भिडियो नहेरी क्लिपको भरमा आफुलाई नकारात्मक हिसाबले प्रस्तुत गर्न खोजेको आरोप पुजाको रहेको छ।
कसैको नाम उल्लेख नगरी पुजाले लेखेको स्टाटस यस्तो रहेको छ :

“आज गायिका बहिनिले मलाई जोडेर मेरो video share गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन्; त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ..!
त्यो video सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु!
यो विषमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन; तर यसरी मेरो Movie आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि); मलाई Target गरिन्छ भने; म पनि बाध्य भएर बोले…
Media मा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त Professional हुन्। यो बाहेक मेरा र ति बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला… त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु…!
“Movie आउनु अगाडी शत्रुहरू त लाग्छन् नै…”🙏🙏🙏

पुजा र समिक्षाको मित्रता र आरोप प्रत्यारोपको सम्बन्ध चलेको लामै समय भैसक्यो। दुवै आ-आफ्नो स्थानमा संघर्ष गरिरहेका र समाजमा परिचित बनिसकेका कलाकार हुन्। व्यक्तिगत जीवनको प्रभाव दुवैले आफ्नो व्यवसायिक जीवनमा ल्याउन अगाडी सोचनीय बन्न सके समाजिक संजालमा आरोप प्रत्यारोपको स्थिति नआउन सक्थ्यो। यसको फाइदा वा वेफाइदा आफ्नै होलान् । सामाजिक संजाल पनि यतिबेला दुवैको पक्ष र विपक्षमा बहस गरिरहेका छन्। यसले दुवैको बारेमा सकारात्मक माहोल पक्कै पनि सृजना गर्ने छैन।

प्रतिक्रिया दिनुहोस्