A vertical shot of the black cat in the dark darkness

७ बर्षपछि चलचित्रको सेटमा राजेश हमाल, फागुन १४ मा ‘नरसिंहा अवतार’ रिलिज पक्का


७ वर्षपछि अभिनेता राजेश हमाल चलचित्रको सेटमा फर्किएका छन्। हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अवतार’ को बालाजुस्थित एनएफडिसी स्टुडियोमा छायांकन सुरु गरिएको छ। बिहीबार बिहान मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो ।

पहिलो चरण अन्तर्गत करिब १६ दिन एनएफडिसीमा चलचित्रको छायांकन हुनेछ । दशैंपछि चलचित्रको दोस्रो चरणको छायांकन हुनेछ। दीवाकर भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा राजेश हमाल, अर्जुन श्रेष्ठ, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, उषा खड्गी, सरोज खनाल, प्रशान्त ताम्राकार, प्रकाश कुँवर, दीपा शाही, एलभिना खड्का, टार्जन लगायतको अभिनय रहेनछ। चलचित्रको रिलिज मिति फागुन १४ गते महाशिवरात्रिलाई तोकिएको छ। क्रिएटिभ सिने आर्टको प्रस्तुति रहेको चलचित्रको निर्मातामा नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्