A vertical shot of the black cat in the dark darkness

धिरज र उपासनाको ‘खुस्मा’ को कमाई ४ करोड ५५ लाख माथी


धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र ‘खुस्मा’ को चर्चा रिलिज अगाडी देखि नै व्यापक रहेको थियो। चलचित्रमा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले चलचित्रको हाइप बढाएको थियो।

धिरज र उपासनाको जोडीलाई पनि दर्शकले रुचाएका थिए। चर्चाको कारण चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएको थियो। समीक्षात्मक हिसाबले पनि ठिकठाक ठहरिएको चलचित्रले बक्स अफिसमा आकर्षक कमाई गरेको छ।

निर्माण टिमले पहिलो हप्ता चलचित्रले ४ करोड ५५ लाख बराबरको कमाइ गरेको आंकडा सार्वजनिक गरेको छ। यो चलचित्रको लागी सुखद कमाई हो। अशोक थापा मगरको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्