A vertical shot of the black cat in the dark darkness

कोलम्बसमा अक्टोबर २७ मा गुन्जदै ‘इलिमेन्ट्स ब्याण्ड’


केहि समय अगाडी संयुक्त राज्य अमेरिकाको कोलम्बसमा ‘नेपथ्य’ को भव्य कन्सर्ट सम्पन्न गरेको हिमालयन भाईब्स एलएल सी र सेभेन मिनेटस इन्टरटेन्मेन्टले पुन अर्को कन्सर्टको आयोजना गर्ने भएको छ। अक्टोबर २७ मा यो टीमले ‘इलिमेन्ट्स ब्याण्ड’ लाई स्टेज चढाउने भएको छ।

तिहारको अवसर पारेर आयोजन हुने कन्सर्टलाई तुल्सी काफ्ले, दिपेन्द्र रायमाझी र बिकास चालिसे र हिमालयन भाईब्स एलएल सी र सेभेन मिनेटस इन्टरटेन्मेन्टले आयोजना गर्दैछन्। ओहायोको कोलम्बसमा तिहारको समयमा हुने यो कन्सर्टलाई अहिलेसम्मको भव्य बनाउने तयारीमा आयोजक रहेको छ। नेपथ्यको कन्सर्टलाई भव्य र विशाल बनाएको यो टीमले ‘इलिमेन्ट्स ब्याण्ड’ को कार्यक्रमलाइ झन् भयो बनाउने तयारी गरिरहेको छ। अमेरिकाका बिभिन्न शहरमा व्याण्डले प्रस्तुती दिने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्