‘नाइँ न भन्नु ल ६’ मा आंचल: तर छैनन् अनुभव र सेड्रीना


विकासराज आचार्यको सर्वाधिक सफल सिरिज ‘नाइँ न भन्नु ल’ को छैटौ सिरिजमा आंचल शर्मा मुख्य भूमिकामा हुने भएकी छिन् । चलचित्रको चौथो सिक्वेलबाट आंचलले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। सफल सिक्वलको छैटौ भागमा आंचल हुने मौखिक सहमति भएको बुझिएको छ।

चलचित्रका सर्वाधिक सफल कलाकार अनुभव रेग्मी भने यो सिरिजमा नहुने भएका छन्। अनुभवको उमेर बढेका कारण बाल कलाकारमा नसुहाउने र हिरोको लागि अझ परिपक्क नभएका कारण यो सिरिजमा अनुभव नहुने बुझिएको छ। अनुभवसंगै चलचित्रमा सेड्रीना शर्मा पनि नहुने भएकी छिन्।चाडै नै घोषणा गरेर चलचित्रको बारेमा जानकारी गराइने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्