जुम्लाबाट सुरु भयो शोभितको ‘हाम्रो स्वर्ग’


निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘हाम्रो स्वर्ग’ को जुम्ला जिल्लाको पटमाराबाट छायांकन शुरु गरेको छ । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया ललित जङ्ग महत,लगाएत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा ज्ञान कुमार कट्टेलको छायाकन, गौतमराज खड्काक, सम्पादन रहने छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेश बासीको भाषा भेषभुषा र रहनसहन लाई प्रस्तुत गरिने चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । चलचित्र कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिनेछ ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानको संगीत, रामकृष्ण थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ।

प्रतिक्रिया दिनुहोस्