A vertical shot of the black cat in the dark darkness

‘कार्साङ’ ट्रेलर: स्वाभिमानका लागि गरिएको संघर्ष र सम्झौता


पौष २६ गतेबाट रिलिज हुने चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले दयाहाङ राईले भोगेको जीवनको उतारचढावलाई प्रस्तुत गरेको छ। झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।

रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ। यम शेर्पाको डेब्यु निर्देशन मा तयार भएको ‘कार्साङ’ ले ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा समेटेको छ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्