A vertical shot of the black cat in the dark darkness

चलचित्र ‘११ः५५’ को प्रदर्शन मिति घोषणा


क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् । चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो ।बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीलाइ पनि दर्शकले हेर्न पाउनेछन् । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

प्रतिक्रिया दिनुहोस्