उदय सोताङ्गको ‘थाह छैन’ मा मुकुनको अभिनय


बरिष्ठ गायक उदय सोताङ्गको आवाजमा रहेको नयाँ गीत ‘थाह छैन’ सार्वजनिक भएको छ। सुमन योञ्जोनेको शब्द रहेको गीतमा उदय सोताङ्गको संगीत रहेको छ। गीतमा उदयलाई गीता शर्माले साथ दिएकी छन्।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा मुकुन भुषाल र बिमल लिम्बू फिचर रहेका छन्। माधव शर्मा मुख्य सहायक निर्देशक रहेको भिडियोलाई उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्