प्रिमियर र बिशेष शोमा रुचाइएको ‘सारंग’ ऋचा शर्माको लागी चलचित्रमा दोश्रो इनिङ
निर्देशक प्रशान्त तामाङको चलचित्र ‘सारंग’ ले प्रिमियर र बिशेष शो मा प्रसंसा बटुलेको छ । यही माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको मंगलबार क्युएफएक्स,सिभिल मलमा प्रिमीयर गरिएको थियो । प्रिमीयरमा चलचित्र हेरेका कलाकार,प्राबिधिक,संचारकर्मी तथा बिभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मन परेको प्रतिक्रिया दिए ।

अभिनेत्री,निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ को खुलेर तारिफ गरिन् । बिबाहीत,अविबाहीत सबैका लागि यो चलचित्र खास रहेको बताउँदै सबैले हेर्नुपर्ने धारणा राखिन् । चलचित्रमा मनारञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले आमदर्शकको मन जित्ने बिश्वास ब्यक्त गरिन् । उनले ऋचा,उत्पल,बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाको अभिनय उत्कृष्ट लागेको बताइन् । वास्तवीक घटनाहरुमा चलचित्रनिर्माण गर्नु निकै आँटिलो काम भएको र यसका लागि निर्माता,निर्देशकलाई सम्मान गर्नुपर्ने धारणा राखिन् ।

निर्देशक प्रदिप भट्टराईले ‘सारंग’ हेरेर आफू,श्रीमति र छोरा पनि धेरै ठाउँमा रोएको बताए । अभिनेत्री तथा यस चलचित्रमा कार्यकारी निर्मात्रीका रुपमा समेत रहेकी ऋचा शर्माले ‘सारंग’ आफ्नो करिअरको दोश्रो इनिङ भएको बताइन् । प्रिमीयरमा उपस्थिति पाहुनाहरुलाई स्वागत गर्दै उनले भनिन्,‘केही बर्षको अन्तरालपछि म यही चलचित्रबाट पर्दामा आउदैछु । र, चलचित्र पनि निकै राम्रो बनेको छ । यसअघिका बिभिन्न बिशेष शोहरुमा निकै राम्रो प्रतिक्रिया पाएका छौं । त्यसकारण म निकै आशावादी छु । मलाई लाग्छ यो मेरो दोश्रो इनिङ हो ।’
निर्देशक,लेखन तथा निर्माता प्रशान्त तामाङले आफू समाजीक तथा पारिवारिक सदभावको पक्षमा रहेकाले परिवार,आफन्त,मित्र तथा समाज मिलनको बिषयमा चलचित्र बनाउन मन पराउने उल्लेख गरे । यसअघि पनि बाल मनोबिज्ञानमा ‘ठूलो मान्छे’ नामक चलचित्र निर्माण गरेका प्रशान्तले ‘सारंग’ टुक्रिन लागेको परिवारमा दुई बालकको आत्मीयताले गर्ने जादुमय संयोगान्तको कथा प्रस्तुत गरेका छन् ।
सारंग’ मा बिशेषगरी शहरिया जीवन,बाबुआमा बीचको मतभेद,धनी गरिबबीचको खड्ल तथा भौतिक सुख खोज्ने नाममा हुने गरेको पारिवारिक बिखन्डनको वास्तवीक चित्र प्रस्तुत गरिएको छ । चलचित्रमा ऋचाका साथमा उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठ अनि बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाले अभिनय गरेका छन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् ।