कोरोनाले मानसिक रुपमा विक्षिप्त बनेकी मिरुनाको कथामा ‘कबड्डी’ को मल्हम


हङकङ्गमा जन्मिएर बेलायतमा हुर्किएकी मिरुना मगर नेपाली चलचित्रमा आफ्नो भविष्य कोर्न अगाडी बढिरहेकी छिन्। महाभूकम्प २०७२ पछी नेपालमा स्वयम्सेवकको रुपमा आएकी मिरुनाको जिन्दगी मोडियो। धरान पुर्ख्यौली घर भएकी मिरुनाका पिता पुर्व लाहुरे हुन्। लाहुरेबाट अवकास प्राप्त गरेर बेलायतमा मिरुनाको परिवार बसिरहेको छ। उतै अध्ययन गर्दै गरेकी मिरुना नेपाल आएर स्वयम सेवीको रुपमा काम गर्ने तयारी गरिरहेकी थिइन्। त्यो काम सहज रुपमा सम्पन्न भएन। तर मिरुनाको भविष्य भने मोडियो। उनले अभिनयको क्लास लिईन्। मिरुना सम्झिन्छिन् ,’म नेपाल केहि पटक आएकी थिए। भूकम्पपछी एक संस्थाको लागि स्वयम्सेवीको भूमिकामा म नेपाल आएकी थिए। तर मैले सोचेर आएको काम गर्न मिलेन। नेपालमा के गर्ने भनेर सोच्दै गर्दा अभिनयको क्लास खुलेको सुने। गएर अभिनय सिके। बेलायत फर्कने तयारी गर्दै गर्दा मलाई चलचित्र ‘लालपुर्जा’ बाट अफर आयो। सहर्ष स्विकार गरेर अभिनय गरे। त्यहिबाट सुरु भयो मेरो जीवनको नयाँ यात्रा।’

मिरुना छोटो भूमिकामा थिइन् तर उनको ढोका त्यहि बाट खुल्यो। उनको नेपाली चलचित्रको यात्र सुरु भयो। उनले ‘रोज’, ‘चच हुई’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनको सालिनता र सुन्दरताको चर्चा हुने नै गर्दछ। साथमा अभिनयका लागी पनि उनले प्रशंसा कमाउदै आएकी छिन्।

उनि अभिनित चलचित्र ‘कबड्डी’ को फाइनल म्याच रिलिजको तयारीमा रहेको छ। चलचित्र रिलिजको तयारी हुँदा जति उत्साहित छिन् मिरुना उति नै रोचक छ चलचित्रसंग जोडिएको कथा।

बेलायत बस्ने मिरुना नेपाली चलचित्र कम हेर्ने गर्थिन्। ‘लुट’ चलचित्रको बेलायत शो उनले हेरेकी थिइन्। त्यो बेलासम्म मिरुना बेलायतका इभेन्ट होष्टका रुपमा आफ्नो करियर सुरुवात गर्दै थिइन्। ‘कबड्डी’ लाई बेलायतका बिभिन्न सहरमा प्रदर्शनको तयारी हुदै थियो। चलचित्र हेरेपछि दर्शकसंग प्रतिक्रिया दिने जिम्मा थियो, मिरुनाको।

मिरुना सम्झिन्छिन्,’ मैले होष्टको रुपमा धेरै काम गरेकी थिए। तर ‘कबड्डी’ को रिभ्यु लिने काम नौलो थियो मेरो लागी।’ मिरुनाले ‘कबड्डी’ का दुई सिक्वेलको रिभ्यु लिएकी थिइन् । तेश्रो सिक्वेलको बेला त मिरुना अभिनेत्रीको रुपमा भविष्य खोज्दै नेपालमा नै रहेकी थिइन्।

चौथो सिरिजका लागी रामबाबु गुरुङ्गको फोन आउदा निकै उत्साहित मिरुना त्यो भन्दा उत्साहित छिन्, परिवारसंगै बसेर चलचित्र हेर्न। लामो समयको नेपाल बसाईपछी उनि बेलायत फर्कने तयारीमा रहेकी छिन्। नेपालमा चलचित्र रिलिजको केहि समयमा उनि बेलायत फर्कने तयारीमा रहेकी छिन्। बेलायतका विभिन्न सहरमा उनि अभिनित चलचित्र रिलिज हुदैछ। नेपालकै रिलिजको दिन बेलायतमा उनको चलचित्र रिलीज हुदैछ। उनको परिवार उनि नेपालमा हुदै चलचित्र हेर्नेछन्। तर त्यसको रिभ्यु सुन्न उनि निकै आतुर छिन्। आफैले रिभ्यु लिएको चलचित्रको फाइनल म्याचकी हिरोइनको रुपमा तीनै थिएटरमा चलचित्र हेर्न मिरुना आतुर रहेकी छिन्।

तर ‘लालपुर्जा’ देखि ‘कबड्डी’ सम्म आइपुग्दा मिरुनाको जीवन उति सहज भने चलेन। कोरोनाको लकडाउनका कारण पुरा विश्व ठप्प बन्यो। पहिलो लकडाउनको बेला उनि युकेमा रहेकी थिइन्। परिवारसंग संगै साथ बिताउदा उनलाई समय बितेको पत्तै भएन।

दोश्रो लकडाउन उनका लागी निकै सकसपूर्ण बन्यो। उनी नेपालमा रहेकी थिइन्। बेलायतमा मास्टर्स गर्दै गरेकी उनी थेसिसको तयारीमा थिइन्। यता ‘कबड्डी’ को फाइनल म्याचको तयारी पनि थियो. तर लकडाउनले सुटिङ्ग हुनसकेको थिएन। थेसिसको प्रेसर उस्तै थियो। यो बेला उनि के गर्ने कसो गर्ने सोच्न नसक्ने अवस्था सम्म पुगेकी थिइन्। यतिसम्म की उनले मनोचिकित्सकसंग परामर्श समेत लिएकी थिइन्। बेलायतमा उनको कलेजले नै यसको व्यवस्था गरिदिएको थियो। उनले नेपाल बसेर नै परामर्श लिएकी थिइन्उत्साहित मिरुना सम्झिन्छिन्, ‘ त्यो समय मेरा लागी निकै सकसपूर्ण थियो। म के गर्ने सोच्न सम्म सकिरहेकी थिइन। सोचेजस्तो केहि काम भैरहेको थिएन। म मानसिक रुपमा विक्षिप्त भएकी थिए। यसै कम बोल्ने म त्यो बेला आफ्नो कुरा कसलाई भन्ने सम्म सोच्न नसक्ने अवस्थामा थिए। सोहि बेला कलेजले मलाई काउन्सिलिङको व्यवस्था गर्दियो र केहि सहज भयो। ‘

यतिबेला मिरुना हलुङ्गो महसुस गर्दैछिन्। मास्टर्स सकियो, ‘कबड्डी’ रिलिजको तयारीमा छ। जीवन सहज गतिमा चलिरहेको छ, स्टुडियोबाट मिरुना प्रशंन्न मुद्रामा वाहिरिईन्।

प्रतिक्रिया दिनुहोस्