‘मायाबी’ ट्रेलरलाई दर्शकको साथ, संवाद भाइरल हुँदै ट्रेन्डिङमा जम्दै


फागुन १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मायाबी’ ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ। ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ५३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ ।

यो ट्रेलरका डाइलग सामाजिक संजालमा भाइरल बनिरहेका छन्। टिकटकमा अहिले ‘मायाबी’को विषयवस्तुलाई लिएर दर्शकको उत्साह खुबै देखिएको छ । ट्रेलर युट्युबको सिनेमा सेक्सन अन्तर्गतको २ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको छ।

चलचित्रमा पल शाह, दिपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका छ । चलचित्रलाई राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तले मिलेर बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्