रोहितको ‘२६ करोड’ अब ‘पुजार सार्की’ टिमले बनाउने


निर्माता रोहित अधिकारीले चलचित्र ‘२६ करोड’ बनाउने चर्चा केहि समय अगाडी चलेको थियो । दिनेश राउतको निर्देशनमा बन्ने पक्का भएको चलचित्र दुवैको असमझदारीको कारण निर्माण हुन् सकेन।

यहि चलचित्रको विवाद र इगोका कारण रोहितको ‘फर्की फर्की’ र दिनेशको पुजार सार्की’ को बक्स अफिस भिडन्त भएको चर्चा रहने गर्दछ। अब भने यो चलचित्रलाई नयाँ टिमले निर्माण गर्ने भएको छ। यसको निर्माण अधिकार अब किङ्डम नेटवर्कले लिएको छ । निर्माता सुभाष भुसाललाई रोहितले चलचित्र निर्माणको अधिकार हस्तान्तरण गरेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठले चलचित्रलाई वितरण गर्ने पनि पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्