‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताले ‘अभिमन्यु’ बनाउने
ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले साउन २४ गतेलाई प्रदर्शन मिति पनि तय गरेको छ।

विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा चलचित्रले भन्नेछ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’ लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । चलचित्रका कलाकारको बारेमा निर्माण टिमले कुनै जानाकरी दिएको छैन।