‘भागवत गीता’ मा को बन्ला सुहानाको जोडी?


झरना थापाको निर्देशनमा नयाँ चलचित्र ‘भागवत गीता’ निर्माणको तयारी भैरहेको छ । टिजरको छायाँकन सम्पन्न गरेर नायिका सुहाना थापाको ग्र्याजुएसनका लागी आमा झरना र बाबु सुनिलकुमार थापा सहित अमेरिकामा रहेकी छिन् । चलचित्रमा अनमोल केसी मुख्य अभिनेताको रुपमा रहने चर्चा रहेको थियो ।

तर अनमोल चलचित्रमा नरहने पक्का भैसकेको छ । निर्माण टिम नव अभिनेतालाई चलचित्रमा भित्र्याउने अथवा कोहि चलेको हिरोलाई लिने अझै छलफलमा रहेको बुझिएको छ । उसो त अभिनेता धिरज मगरसम्म निर्माण टिमले अप्रोज पुर्याएको खबर समेत बहैरिएको थियो । निर्माण टिमले यसबारेमा कुनै औपचारिक जानकारी दिएको छैन । सुहाना थापाले पनि पछिल्लो समयका अभिनेतामा धिरजसंग आफ्नो जोडी जम्न सक्ने आसयका अन्तर्वार्ता दिदै आएकी छिन् ।

चलचित्रमा सुहानाको जोडी को बन्ने हो त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्