समृद्धिको प्रेममा गायक नितेशजंग कुंवर


गायक नितेशजंग कुंवर र गायिका समृद्धि राईले आफ्नो प्रेम सार्वजनिक गरेका छन्। केहि समयबाट प्रेममा रहेको चर्चा बीच नितेशले समृद्धिसंगको प्रेमील तस्विर आफ्नो इन्स्टाग्राम शेयर गरेका छन्। भ्ल्गर समेत रहेकी राईसंगको तस्विरलाई ‘विथ माई क्विन’ क्याप्सनको साथमा नितेशले शेयर गरेका छन्।

युवापुस्तामा निकै लोकप्रिय रहेका नितेशले केहि समय अगाडी नेपाली संगीतबाट सन्यास लिएको घोषणा गरेका थिए। समृद्धि मिस नेपाल २०१० मा सहभागी रहेकी थिइन्। उनले मिस नेपाल भित्र भएको विभिद बारे बोल्दै केहि समय अगाडी निकै चर्चा बटुलेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्