काउन्सिल पुगेपछि करिश्मा भन्छिन्, ‘आधारहिन समाचार र चरित्रहत्या गर्ने विरुद्ध आवाज उठाएकी हु’


अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेसंगै उनले विभिन्न टिका टिप्पणी भोगिरहेकी छिन् । केहि अनलाइन मीडियामा व्यतिगत रुपमा चरित्र हत्या हुने किसिमका खबर आएपछि केहि दिन अगाडी सामाजिक संजालमा उनले आपत्ती जानेकी थिइन् । बिशेष गरि उनि जुन पार्टीमा प्रवेश गर्छिन् सोहि पार्टी पत्तासफ हुने लगायतका भ्रामक टाइटल राखेर समाचार सार्वजनिक भएपछी उनले आपत्ती जनाएकी हुन् । स्थानीय निर्वाचनको चुनावमा नेकपा एमालेको परिणामलाई लिएर उनि माथि व्यक्तिगत रुपमा चरित्र हत्या हुने किसिमका खबर सार्वजनिक भएका थिए ।

यहि बिषयलाई लिएर करिश्माले प्रेस काउन्सिलमा जानकारी गराएकी छिन् ।करिश्मा भन्छिन्, व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने समाचार र कमेन्ट प्रति मेरो आपत्ती हो । कसैलाई अलच्छिना भनेर समाचारको हेडलाईन बनाउनुले दर्शकलाई त्यहि अनुसार कम्नेट गर्न उत्तेजित बनाउछ । यसले व्यक्तिगत चरित्र हत्या हुन्छ ।’

मेरो नामको बिषयमा महिनौ दिनसम्म ह्यारेस्मेन्ट गर्ने उदेश्यले सुर्जे कुमारी भनेर लेखिदै आएको छ । कमेन्टहरुको लागी प्रहरीले हेर्ने रहेछ । सोहि कारण म साइबर ब्युरो पनि गए ।’

उनि अगाडी थप्छिन्, कमेन्ट गर्ने सवैलाई कारबाहीको दायरामा ल्याउन पनि नसकिएला । तर निरन्तर ह्यारेस गर्नेलाई कारबाही गर्ने पर्छ । एमाले निकट महिलाले पनि कमेन्टमा बारम्बार ह्यारेस गरिरहनु भएको छ । तर महिला हुनुहुन्छ कसरी हिरासत सम्म पुर्याउ मनले मान्दैन।
पुष्पाञ्जली खड्का भन्ने महिलाले मलाई बारम्बार ह्यारेस गरिरहनु भएको छ । समस्या के हो बताई दिनुहोस बसेर समाधान गरौला तर यस्ता शब्द प्रयोग नगर्नुहोस् ।’
चाडै नै लिखित निवेदन दिने तयारीमा छु।

अन्त्यमा,
मेरो कामको बारेमा मेरो बिचारको बारेमा आपत्ति छ भने टिप्पणी गर्न सक्नुहुनेछ । यसलाई म स्वीकार गर्नेछु । तर पनौती, अल्छिना जस्ता शब्दले नकारात्मक प्रभाव पर्छ । म यी कुराको घोर भर्सना गर्छु । चाडै सच्चिनु भएन भने कानुनी कारबाहीमा जान्छु । पार्टीमा म भर्खर प्रवेश गर्दैछु । पत्तासाफ जस्ता शब्द प्रयोग आधारहिन हुन् । म नयाँ सदस्य हु मेरो त्यो हैसियत पुगेको पनि छैन कि पार्टीका हरेक निर्णय र काममा हस्तक्षेप गर्न सकुम ।

प्रतिक्रिया दिनुहोस्