धिरज र अदितिको ‘बाबरी’ टिजर (भिडियो)


धिरज मगर र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाबरी’ को टिजर सार्वजनिक भएको छ । मनमोहक दृश्य समेटेर तयार पारिएको चलचित्रको टिजरमा धिरज मगरको आवाज धेरैका लागी सप्राईज बनेको छ। उनले आफ्नो लुक्स र आवाजमा धेरै मिहेनत गरेको देखिन्छ। अदिति र धिरजको जोडी टिजरमा आकर्षक देखिएको छ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज र अदितिको साथमा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

गणेश बुढाथोकी र पुष्पलत्ता बुढाथोकीले निर्माण गरेको चलचित्रमा सुष्मा गुरुङ्ग सह- निर्माताको रुपमा रहेकी छिन्। नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई सुरेन्द्र स्वयम्ले सम्पादन गरेका छन्। चलचित्र भाद्र ३१ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्