प्रदर्शनमा आयो ‘जन्ते बाख्रो’
जेठ २३ शुक्रबारदेखि चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियर मार्फत ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक चलचित्र’ को प्रतिक्रिया पाएको यो चलचित्रलाई प्रदर्शकले उत्साहजनक शो दिएका छन् ।

सन्तोष गौतमले निर्माण गरेको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन्। चलचित्रमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायत कलाकारको अभिनय रहेको छ ।