म जस्तो रोएर कोही हिड्न नपरोस भन्दै सधैका लागी देश छाडिन् बिमाकुमारी दुराले


कुनै समय नेपाली लोक गीत गायनको नम्बर एक गायिका हुन्, बिमाकुमारी दुरा। उनले सयौ हिट गीतमा आवाज भरेकी छिन्। देशविदेशका कयौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएकी छिन्। तर तिनै दुराले कहिले नेपाल नफर्कने भन्दै अमेरिका पुगेकी छिन्।
यसका पछाडी आफ्नाले दिएको धोका र राज्यले नदिएको न्याय कारण दुराले बताएकी छिन्।


उनले आफ्नो समाजिक संजालमा अमेरिका पुगेर एक भिडियो पोष्ट गरेकी छिन्। उक्त भिडियोमा उनले अमेरिका जानुको निकै पीडादायी भाव पोखेकी छिन्। केहि समय अगाडी मीडियामा सार्वजनिक भएका अन्तर्वार्तामा दुरा निकै भावुक मुद्रामा देखिएकी थिइन्। बिशेष गरि गोंगबुमा आफुले निर्माण गरेको पांच तले घर बिक्रि गर्ने क्रममा उनी आफन्तबाट नै ठगिएको उनले अन्तर्वार्तामा उल्लेख गर्दै आएकी छिन्। सामाजिक संजालमा पनि उनले सोहि भावका भिडियो र स्टाटस राख्दै आएकी छिन्।
अमेरिका पुगेपछि सार्वजनिक गरिएको भिडियोमा उनले आफु जस्तै ठगिएर र रोएर कसैले देश छाड्न नपरोस् उल्लेख गरेकी छिन्।
उनि भन्छिन् , म जस्तो रोएर हिड्न नपरोस मेरो देशका जनताले।’ उनले न्याय कहाँ छ भन्दै प्रश्न समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्