नेपाली र हिन्दी भाषामा ‘तथास्तु’ बन्ने


‘डोरी’ का निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’ निर्माण गर्ने भएका छन्। उनले पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रको छायांकन अर्को वर्ष अर्थात २०८३ को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७ मा हुनेछ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो चलचित्रका निर्देशक लामाले ‘तथास्तु’ केवल चलचित्र नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार चलचित्रले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।

निर्देशक लामाले चलचित्रमा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछन्।चलचित्रको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए।

प्रतिक्रिया दिनुहोस्