दिपा, प्रियंका देखि पूजासम्म, ‘हली’ गीतमा लगाए एकसाथ ठुम्का


चलचित्र ‘हली’ को प्रमोशनल गीत सार्वजनिक भएको छ। बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा रहेको ‘चानस पाए त’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो। गीतमा जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको छ। पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको गीतको भिडियोलाई असारे रोपाईको सेटिङ्गमा तयार पारिएको छ ।

सार्वजनिक प्रमोशनल गीतमा चलचित्रका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।

वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भनिएको चलचित्रमा नम्रता भण्डारी सह–निर्माताको रुपमा छिन् । चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ । अर्जुन भुसाल कार्यकारी निर्माता रहेको चलचित्रमा जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ ।

चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ । कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी रहेको कथा यो चलचित्रले बताउने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्