नीता ढुंगानाको निर्देशनमा चलचित्र ‘सुख–दुःख’ बन्ने


अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन्। ‘सुख–दुःख’ नाम राखिएको चलचित्रलाई नीता स्वयंले निर्देशन गर्नेछिन् । यो उनको डेव्यु निर्देशकीय चलचित्र हो।

यो नाममा यसअघि नै स्वर्गीय निर्देशक शिव रेग्मीले ब्लकबस्टर चलचित्र दिइसकेका छन् । चलचित्र २०८३ को दशैँमा रिलिज हुनेछ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रका कलाकारको बारेमा जानकारी दिईएको छैन।

प्रतिक्रिया दिनुहोस्