चलचित्र ‘बाकस’ निर्माण घोषणा
गुरु पूर्णिमाको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन्।

नेपाली परिवेशको कथामा निर्माण गरिने चलचित्र नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ। हाल चलचित्रको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ।
चलचित्रमा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र२०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।